काठमाडौं, मंसिर ६ | सिन्धुलीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।
दुधौली नगरपालिका–५ सिर्थौलीमा शनिबार बिहान ९ बजे भित्री सडकमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको हो।
सिर्थौली नयाँटोलबाट छपाहातर्फ मल लिन जाँदै गरेको ना ५ त १९५१ नम्बरको खाली ट्याक्टर दुर्घटना हुँदा सिर्थौली–५ का २१ वर्षीय चालक वियसकुमार दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकमा आफैँ अनियन्त्रित भइ पल्टिँदा दनुवार गम्भीर घाइते भएका थिए। दुर्घटनामा परी गम्भीर घाइते भएका चालक दनुवारको सिन्धुली अस्पतालमा ल्याउनासाथ मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।
मृतक दनुवारको शव जिल्ला अस्पतालमा राखिएको छ।







