काठमाडौं,मंसिर ७ | स्थानीय बजारमासुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएर ९४ हजार तीन सय रुपैयाँ पुगेको छ ।
यस्तै तेजाबी सुन ९३ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार २१० मा कारोवार भएको छ ।







