काठमाडौं,मंसिर २३ । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ ।
सोमवारको तुलनामा छापावाल सुन प्रतितोला १५ सयले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९३ हजार ६ सय ५० रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रहेको छ ।







