• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कोभिड कहर : हवाई यात्रु घटे


  •    रासस / २०७७, ४ पुष शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, ४ पुस । कोभिड–१९ महामारीका कारण अन्य क्षेत्रजस्तै मुलुकको हवाई क्षेत्रमा पनि उल्लेख्य असर परेको छ ।

    अर्थतन्त्रका अन्य क्षेत्रमध्ये पर्यटन क्षेत्र शिथिल बन्यो । त्यसमा पनि हवाई क्षेत्रले नराम्ररी आर्थिक क्षति बेहेर्नुपरेको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अघिल्लो वर्ष चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको सङ्क्रमण जोखिमका कारण विदेशी नेपाल आउने वातावरण भएन । अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि स्थगन भयो । भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान र असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । कोभिड महामारीकै कारण सन् २०२० मा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु सङ्ख्या घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विवरणमा सन् २०२० को नौ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुको सङ्ख्या घटेको छ । सेप्टेम्बरसम्म यात्रु सङ्ख्या नौ लाख २७ हजार २०८ रहेको छ । सन् २०१९ मा ४१ लाख ३८ हजार ४८२ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशत बढि थियो ।

    सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ११.६९ प्रतिशतले वृद्धि भई कूल ४३ लाख ४२ हजार ४८६ यात्रु आवागमन भएको थियो । सन् २०१७ मा अन्तर्राष्ट्रिय उडानतर्फ कूल ३८ लाख ८७ हजार ८४५ यात्रु आवागमन भएको क्यानले जनाएको छ । आन्तरिकतर्फ यस वर्षको सेप्टेम्बरसम्म यात्रु सङ्ख्या सात लाख ८७ हजार ४० रहेको छ । सन् २०१९ मा यात्रु आवागमन सङ्ख्या ३१ लाख ८८ हजार ४८७ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ११.९६ प्रतिशत हो । सन् २०१८ मा १.१६ प्रतिशतले वृद्धि भई २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० यात्रु आवागमन भएको थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको गरेको थियो । यस वर्ष उल्लेखनीय सङ्ख्यामा विदेशी पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएकोमा कोभिडको महामारीका कारण हवाई तथा पर्यटन क्षेत्रमा उल्लेख्य असर परेको क्यानले उल्लेख गरेको छ ।

    अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपाली र २७ विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकका ३२ गन्तब्यमा उडान सञ्चालन गरिरहेका छन् भने आन्तरिक उडानमा नौ फिक्सड विङ वायुसेवा र १० हेलिकप्टर कम्पनी सञ्चालनमा छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.