काठमाडौं,पुष १९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ।
भारतको नयाँ दिल्लीमा बसोबास गर्दै आइरहेका रिञ्जनको उपचारका क्रममा आज बिहान ११ बजे निधन भएको निधन भएको डा. शेखरले जानकारी दिए ।
डा. कोइरालाले ७५ वर्षीय दाजुको निधनपछि आफू अभिभावकविहीन भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. कोइरालाले भनेका छन्, “मेरा आदरदीय दाजु ‘निरूदा’ को आज बिहान नयाँ दिल्लीमा भएको निधनले म, मेरो परिवार र भजिताहरू मर्माहत भएका छौं।”
उनले आजबाट अभिभावकविहीन भएको पनि उल्लेख गरेका छन्।
तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकारको रूपमा निरञ्जनले काम गरेका थिए।
निरंकुश पंचायती शासनकाबिरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यावसायी समेत थिए ।







