काठमाडौं, माघ ११ । सुनको भाउ आईतवार घटेको छ । गएको शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले कमी आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम गरेको छ ।
यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९२ हजार १०० कायम भएको छ ।
चाँदीको भाउ भने तोलाको १२ सय ६० रुपैयाँमा स्थिर छ ।







