• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आज  ‘हल अफ फेम’ सिजन-२ को फाइनल


  •    सुचना डबली डेस्क / २०७७, १५ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौं,फागुन १५ । अष्ट्रेलियाद्वारा सञ्चालित र हिमालय टेलिभिजनमा प्रसारित अनलाइन गायन प्रतियोगिता ‘हल अफ फेम’ सिजन-२ सुखद् यात्रा पार गर्दै समापनको चरणमा पुगेको छ ।

    विभिन्न देशका प्रतियोगिहरूले पठाएको अडियो क्लिपबाट छनौट गर्दै पहिलो चरणमा ५० जना प्रतिसपर्धीले प्रवेश पाएका थिए ।

    यस प्रतियोगितामा निर्णायकहरूले पनि अष्ट्रेलिया र नेपालबाट सहभागिता जनाएका छन् । नेपालबाट वरिष्ठ गायक दीप श्रेष्ठ र गायिका रजिना रिमालले निर्णायकको भूमिका निभाउँदा अष्ट्रेलियाबाट कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठले यो भूमिका सम्हालेका छन् ।

    अडिसन राउण्डमा छानिएका ५० जनामध्येबाट च्यालेन्ज राउण्डका लागि २७ जना छनौट भएका थिए ।

     

    च्यालेन्ज राउण्डमा पर्न सफल २७ जनालाई जम्मा ९ वटा समूहमा विभाजन गरिएको थियो । उनीहरूले ९ वटा गीतमा एक अर्कालाई च्यालेन्ज गरेका थिए । च्यालेन्ज राउण्डको पहिलो एपिसोडमा दर्पण रिजाल, गिरिजा खतिवडा र रोनिश श्रेष्ठले दीप श्रेष्ठको ’मेरो आखामा हरदिन’ गीत गाएका थिए । त्यस्तै, विजय सुनार, सन्दीप गहतराज र सञ्जीवनी महर्जनले रजिना रिमालको ’म मर्ने बेला तिमी चाहिँ आउनु’ गीत गाउँदा नामसाङ राई, दिनेश गुरूङ र सुरेन लिम्बुले ’हङकङ पोखरा’ गीत गाएका थिए ।

     

    पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठको सञ्चालनमा अघि बढेको हल अफ फेम सिजन-२ मा पछिल्लो समय सुमन कार्कीको इन्ट्रीलाई पनि दर्शकहरुले औधि रुचाएको पाइएको छ ।

     

    एमएनटीभी अष्ट्रेलियाका प्रधान सम्पादक एवं ‘हल अफ फेम’ सिजन-२ का प्रमुख कार्यकारी निर्माता चिरञ्जीवी देवकोटाले यस प्रतियोगितामा प्रथम हुनेले १ लाख रूपैँया नगद पुरस्कारसहित ५ लाख बराबरको प्याकेज प्राप्त गर्ने बताए ।

     

    यो प्याकेजमा एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ, फोटोसेसनसहित प्रबर्धनका कार्यक्रमहरु समेटिएको छ । त्यस्तै, यस प्रतियोगिताका तीन जना निर्णायकहरू वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमालसँग अष्ट्रेलिया टुर गर्ने अवसर समेत प्रथम हुनेले पाउनेछन् ।

     

    अन्तिम ६ जना चुनिइसकेपछि प्रतियोगितामा उपाधिका लागि टिका मगर, पूर्ण विक र विजय सुनारले अन्तिम ३ मा स्थान बनाउन सफल भएका छन् । अब उनीहरू तीन जनाले नै ’हल अफ फेम-२’को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । हल अफ फेम सिजन-२ को उपाधि विजेता थाहा पाउन भने शनिबार राति नेपाली समय अनुसार ८ बजे हिमालय टेलिभिजन वा एमएनटीभी अष्ट्रेलियाका डिजिटल प्लेटफर्महरुमा हेर्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.