बुटवल, फागुन १५ । नेपाल नियमित रक्तादाता संघ रुपन्देहीले एक कार्यक्रमका बिच ११५ पिन्ट रगत संकलन गरि रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरेको छ । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले प्रत्येक महिनाको तेस्रो सनिवार नियमित रक्तदान गर्दै आइरहेको छ ।
संस्थाका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता, लुम्बिनी प्रदेशका सभामुख माननीय पुण बहादुर घर्तीको प्रमुख आतिथ्यता, प्रमुख सल्लाहकार विमल बहादुर शाक्यको विशिस्ट आतिथ्यता, सल्लाहकार सुरेन्द्र कुमार शाक्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै वक्ताहरुले समाजमा नेपाल नियमित रक्तदाता संघले अनुकरणीय कार्य गर्दै आइरहेकोमा प्रशंसा गरे । लुम्बिनी प्रदेशका सभामुख माननीय पुणर् बहादुर घर्तीले यस सस्थालाई आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संयोजक मन्जु गिरीको स्वागत, सल्लाहकार राजकुमार श्रेष्ठ, सल्लाहकार सुरेन्द्र कुमार शाक्य, प्रमुख सल्लाहकार विमल बहादुर शाक्य, लुम्बिनी प्रदेशका सभामुख पुणर् बहादुर घर्ती ज्युले मन्तब्य व्यक्त गरे भने कार्यक्रमको सञ्चालन सचिव महेश खनालले गरेका थिए ।







