• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

जुम्लामा स्याउ उत्पादनमा दोब्बर गिरावट


  •    सुचना डबली डेस्क / २०७७, २१ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, फाल्गुन २१ । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको स्याउ किसान महेन्द्र पाण्डेले बताए।

    जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार यस वर्ष रु १९ करोड बराबरको स्याउ जिल्लाबाहिर गएको छ । गत वर्ष यहाँबाट रु ३४ करोड बराबर स्याउको कारोवार भएको थियो ।

    “गत वर्ष स्याउबाट दोब्बर आम्दानी भएको थियो”, वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले भने, “यस वर्ष ह्वात्तै घट्यो, स्याउको क्षेत्रफल बढिरहेका बेला उत्पादन घट्नुले किसान मर्कामा छन् ।” उहाँका अनुसार गएको वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो तर यस वर्ष छ हजार दुई मेट्रिकटन मात्र स्याउ फलेको छ । पछिल्लो समयमा यहाँका किसान स्याउखेतीप्रति आकर्षित भए पनि उत्पादनमा हरेक वर्ष गिरावट भइरहेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक बताउँछन् ।

    जुम्लामा विगत दुई÷तीन वर्षयताकै स्याउ उत्पादन घटेको हो । समयमा हिउँ नपर्नु, बगैँचामा भाले जातको बिरुवा नहुनु, तालिमप्राप्त प्राविधिकबाट बिरुवा व्यवस्थापन नहुनुलगायतका कारणले स्याउ उत्पादनमा गिरावट आएको स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नमराज सापकोटाले बताए । हचुवाको भरमा स्याउखेती गर्नाले पनि स्याउ नफलेको कृषि प्राविधिक बताउँछन् । “अन्य खेतिपातीको काम छाडेर स्याउखेती गरिरहेका छौँ तर अपेक्षाकृत उत्पादन हुन सकेको छैन”, स्याउ किसान नर रावलले भने ।रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.