काठमाडौं, बैशाख १० । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटिको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएका पार्टी स्रोत जनाएको छ ।
बैठकमा बैशाख ६ गते स्पष्टीकरण सोधिएका नेता माधवकुमार नेपाल सहितका सांसदहरुमाथि कारवाहि तथा कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
पार्टी निर्णयको अवज्ञा गरेको भन्दै यसअघि २७ जना संघ र प्रदेशका ५ गरेर ३२ सांसदसँग स्पष्टीकरण मागिएको थियो । स्पष्टीकरणप्रति चित्त नबुझे उनीहरुलाई कारवाहीको निर्णय गर्ने एमालेको तयारी छ ।







