प्यूठान, बैशाख १० । प्यूठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
शुक्रवार विहान जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मल्लरानी गाउँपालिकाकि ८३ वर्षीय महिलाको मृत्यु भएको जिल्ला अस्पताल प्यूठानले जनाएको छ ।
स्वासप्रश्वासमा समस्यादेखिएपछि अस्पताल भर्ना गरिएको उनको करिव १२ वजेतिर मृत्यु भएको प्यूठान अस्पतालका डाक्टर नविन दर्नालले जानकारी दिए ।
मृतकको शवलाई नेपाली सेनामार्फत अन्त्येष्टी गर्ने तयारी भईरहेको उनको भनाई छ ।







