काठमाडौं, वैशाख १० । दाङमा इनारमा डुबेर एक बालकको मृत्यु भएको छ ।
आज दाङको घोराही उपमहानगपालिका–६ भैसापथ्राका ६ वर्षीय बालक प्रज्वल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
छिमेकी कुमानन्द नेपालीको इनारमा डुबेर गम्भीर घाइते भएका बालक परियारलाई उपचारका लागि लमही ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।







