• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

गर्वका साथ भनौँ ‘हामीले बनायौँ हाम्रो धरहरा’


  •    सुचना डबली डेस्क / २०७८, ११ बैशाख शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, बैशाख ११ । ‘मेरो धरहरा : म बनाउँछु’ भन्ने अभियानअन्तर्गत सुरु भएको धरहरा निर्माण कार्य सम्पन्न भएको छ । सरकारको सम्पूर्ण लगानी रहेको धरहरा निर्माणमा हरेक नेपालीको श्रम र पसिनाको स्वामित्व छ । त्यसैले सबै नेपालीले गौरवका साथ भन्न सक्छौँ, “हामीले बनायौँ, हाम्रो धरहरा ।”

    सुनको जलपले टिलिक्क टल्किने गजुरसहितको धरहरा २०७२ सालको भूकम्पले ढलेको ठ्याक्कै छ वर्षपछि ठडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको धरहरा उहाँले नै शनिबार उद्घाटन गर्दै हुनुहुन्छ ।

    प्रधानमन्त्री ओलीले २०७४ फागुन ४ गते धरहराको ठूटो छेउमा उभिएर ऐतिहासिक धरोहर पुनर्निर्माण सङ्कल्पअन्तर्गत ‘मेरो धरहराः म बनाउँछु’ भन्ने अभियानको घोषणा गर्नुभएको थियो । अभियानमा मुलुकभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई सहयोग गर्न आह्वान गर्नुभएको थियो ।

    उहाँले भन्नुभएको थियो, ‘‘म भन्छु धरहरा हरेक नेपालीले बनाउनेछन् । एक एक नेपालीले बनाउनेछन् । मैले बनाउँछु, धरहरा म निर्माण गर्छु भन्ने नाराअन्तर्गत हामी आर्थिक सङ्कलन गर्नेछौँ । त्यसका लागि छुट्टै खाता खोलिनेछ र धरहरा निर्माण हुनेछ ।’’ ‘‘धरहरा म बनाउँछु, हामी बनाउँछौँ । हरेकको पसिना र मिहिनेतले धरहरा बन्छ,’’ उहाँले भन्नुभएको थियो । यस कामका निम्ति प्रधानमन्त्री ओलीले तत्काल बैङ्क खाता खोल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिनुभएको थियो ।

    उहाँले भन्नुभएको थियो, ‘‘मेरो एक महिनाको तलब राखेर खाता खोल्नुहोस् ।’’ उहाँले संसारको जुनसुकै कुनामा रहनुभएका सबै नेपालीलाई सम्बोधन गर्दै ‘हामी देश बनाउन सक्छौँ, हामी देशलाई नयाँ ढङ्गले उठाउन सक्छौँ । त्यस हिसाबले धरहराको पुनर्निर्माणलाई अगाडि बढाउनका निम्ति म सबैलाई हार्दिक अनुरोध गर्दछु,’ भन्नुभएको थियो । प्रधानमन्त्रीको घोषणापछि सोही दिन साँझ बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा पुनर्निर्माण अभियानको औपचारिक निर्णय गर्दै सहयोग गर्न सम्पूर्ण नागरिकहरूलाई आग्रह गरेको थियो । प्रधानमन्त्रीको निर्देशनको भोलिपल्ट राष्ट्रिय वाणिज्य बैङ्कमा खाता खोली रकम सङ्कलन सुरु गरिएको थियो ।

    खातामा सबभन्दा पहिला प्रधानमन्त्रीको एक महिनाको तलब जम्मा गरिएको थियो । खातामा राष्ट्रपति, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, कर्मचारीहरू र सर्वसधारणद्वारा समेत रकम जम्मा गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार त्यसबेला तत्काल सो खातामा २४ करोड रुपियाँ जम्मा भएको थियो । तीन अर्ब ४८ करोड रुपियाँको लागतमा धरहरा निर्माण सम्पन्न भएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.