प्युठान, बैशाख ११ । प्यूठान झिमरुक नदीमा पौडि खेल्ने डुबेर एक जनाको मृत्यु भएको छ ।
शनिवार झिमरुक नदिमा पौडी खेल्ने क्रममा डुवेर प्यूठान नगरपालिका–३ सेपुङ निवासी १८ वर्षीय डोर बहादुर खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ ।
नुहाउन क्रममा आज दिउँसो करीव ३ बजेतिर खलंगा विजुवार जोड्ने पक्की पुल नजिकै पौडी खेल्ने क्रममा डुबेको बताइएको छ ।







