काठमाडौं, वैशाख १२ । रुपन्देहीमा टिपरले बसलाई ठक्कर दिंदा दुई बालिकाको मृत्यु भएको छ ।
भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा पछाडिबाट ठक्कर दिदा तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहिले जनाएको छ ।
दुर्घटनामा परी टिपर चालकसहित ६ जना घाइते भएका छन् । घाइतेहरुको युनिभर्सल मेडिकल कलेज र क्रिमस







