काठमाडौं, वैशाख १४ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (मंगलबार) दिल्ली क्यापिटल्स र रोयल्स च्यालेन्जर्स बैंगलोर खेल्दै छन्।
उक्त खेल नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समयानुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुवै टोली तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छन् ।
दुवै टिमले खेलेको ५ खेलमध्ये ४ खेलमा जित निकालेका छन् ।







