काठमाडौँ, वैशाख १४ । दाङमा वैशाख १७ गतेदेखि लकडाउन हुने भएको छ ।
घोराहीमा प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले यहि वैशाख १७ गते देखि २५ गते सम्म ९ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।
आज बसेको बैठकले १७ गते बिहान ६ बजेदेखि २५ गते बेलुकी ६ बजेसम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेले जानकारी दिनुभयो । अति आवस्यक बाहेक अरु सबै सेवा बन्द हुने छन् ।
जिल्ला अधिकारी पौडेलका अनुसार खाद्यान्न पसल भने दैनिक बिहान ७ बजेदेखि ८ बजे सम्म खुल्ला रहने छन् । यस्तै अत्यावस्यक सवारी साधन बाहेक अन्य यातायात सञ्चालनमा पनि पुर्ण रुपमा रोक लगाईएको छ ।







