काठमाडौं, वैशाख १७। खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । थापाको स्वास्थ्य सामान्य रहेको सचिवालयले जनाएको छ ।
यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र उनको परिवारका सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको थियो ।







