काठमाडौँ, वैशाख १९ । लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् ।
प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । साहले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् ।








