प्यूठान, जेठ ९ । केहि समय यता सामाजिक संजालमार्फत ‘We Are One Royal Pyuthan’ ग्रुप सामाजिक कार्यमा सक्रिय हुदै आएको छ । आर्थिक अवस्था कमजोर भएका परिवार तथा स्वास्थ्य उपचारमा आर्थिक भएकाहरुलाई सामाजिक संजालमार्फत रकम संकलन गरि हस्तान्तरण गर्दै आएको छ ।
ग्रुपले प्युठान मल्लरानी गा.पा. वडा नं. ३ चौरपानी निवासी सन्दिप परियारको उपचारका लागि आइतवार ७ हजार ३ सय ७५ रुपैयाँ सहयोग गरिएको अर्चना शाहले जानकारी दिइन३ । उपचारमा आर्थिक अभाव भएको भन्ने थाहा पाएपछि ग्रुपमा सहयोग संकलन अभियान सूरु गरिएको उनको भनाई छ। ग्रुपले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
परियार दुर्घटनामा परि गम्भीर घाइते भई अहिले त्रिविवि शिक्षण अस्पतालको icu मा उपचार गराई रहेका छन।







