प्यूठान, साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा माक्स वितरण कार्यक्रम गरिएको छ ।
जिल्ला यूवा समिति प्यूठानको आयोजना तथा नेपाल स्काउट मल्लरानी गाउँपालिकाको सहकार्यमा जिल्ला सदरमूकाम खंलगामा विहिवार अन्तराष्ट्रिय युवा दिवसको अवसरमा माक्स वितरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला यूवा समितिका अध्यक्ष रामचन्द्र के.सीले जानकारी दिनूभयो । उहाँका अनुसार सदरमुकाममा सरकारी सेवा लिन आएका सेवाग्राही, स्थानीय लगायतलाई लक्षित गरि मास्क वितरण गरिएको हो ।
हाल कोरोेनाको महामारी भएकाले अन्य कार्यक्रम गर्न नपाएपनि कोरोना रोकथामका लागि माक्स वितरण कार्यक्रम गरिएको उहाँले बताउनूभयो । सधै यूवा विकास समिति यूवाको साथमा छ । अध्यक्ष के.सीले भन्नूभयो, ‘जिल्लाको यूवा र खेलकूद क्षेत्रमा काम गर्दै जाने अध्यक्ष के.सीले बताउनूभयो ।’
‘खाद्य प्रणालीमा रुपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यको लागि यूवाको नवप्रवर्तन’ भन्ने नाराका साथ नेपालभर आज यो दिवस मनाइएको छ ।








