• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानका २ खेलाडीको इपिएलमा डेव्यू


  •    टु आर क्षेत्री / २०७८, १० आश्विन आईतवार प्रकाशीत

  • Advertisement

    प्यूूठान, असोज १० । प्यूठानका २ खेलाडीले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा डेव्यू गरेका छन् ।

    पहिलो पटक इपिएलमा आवद्ध रहेका प्यूठानका द्धोय चाइनामेन स्पिनर तूल वहादूर थापा र बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि सीले पहिलो खेल मै डेव्यू गरेका हून् ।

    भैरहवा ग्ल्याडियटर्समा आवद्ध थापा पोखरा राइनोजविरुद्धको खेलमा डेव्यू गर्ने मौका पाएका हुन् । सो खेलमा उनले १.१ ओवर वलिङ गर्दै उत्कृष्ट १ विकेट लिएका थिए । उनले केस्रिक विलियम्सलाई शुन्य रनमा आउट गरेका थिए । उक्त खेल वर्षाका कारण रद्ध भएको थियो ।

    विराटनगर वारियर्समा आवद्ध रहेका जि सीले चितवन टाइगर्सविरुद्धको खेलमा डेव्यु गर्ने मौका पाएका हून् । उक्त खेलमा उनले ४ ओवर वलिङ गर्दै २२ रन खर्चेर १ विकेट लिन सफल भए । उनले चितवनका प्रमुख ब्याट्सम्यान मोहम्मद शाहजादलाई आउट गराएका थिए । उक्त खेलमा उनको टिम विराटनगर वारियर्स चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो ।

    प्यूठानको नौबहिनी गाउँपालिका डाम्री घर भएका थापा घरेलु क्रिकेट भने दाङबाट खेल्ने गर्दछन् । प्यूठानमा जिल्ला क्रिकेट संघ नहुँदा उनले दाङबाट घरेलु क्रिकेट खेल्दै आएका हुन् । उनलाई इपिएलका लागि भैरहवा ग्ल्याडियटर्सले न्यूनतम मूल्य ५० हजारमा अनुबन्ध गरेको हो ।

    प्यूठान झिमरुक गाउँपालिका दारिमचौर घर भएका प्रतिशले भने यसअघिका दुई संस्करणका प्रधानमन्त्री कप बागमती प्रदेशबाट खेलेका थिए । नेपालको यू १९ र यू १६ दुबै खेलका बायाँ हाते बलर प्रतिश पछिल्लो समय सिनियर टोलीको नेट बलरको रुपमा रहँदै आएका छन् । प्रतिश पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । यसअघि ट्यालेन्ट हन्टबाट २०१७ को इपिएलमा ललितपुर प्याट्रियट्ससँग जोडिएका थिए । उनलाई पाचौ इपिएलका लागि विराटनगर वारियर्सले न्यूनतम मूल्य ५० हजारमा अनुबन्ध गरेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.