• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

चाडपर्वमा मौलाउने प्यूठानको भलिवल


  •    टु आर क्षेत्री / २०७८, ३ कार्तिक बुधबार प्रकाशीत

  • Advertisement

    भलिवल नेपालको राष्ट्रिय खेल हो । नेपाल सरकारले भलिवललाई वि.सं. २०७४ जेष्ठ ८ गते राष्ट्रिय खेलको रुपमा घोषणा गरेको हो । नेपालको पहिचान दिन सक्ने, हिमाल, पहाड, तराई तीनवटै ठाँउमा खेल्न सकिने खेलको रुपमा भलिवललाई लिन सकिन्छ । यस्तै यसलाई एकता, मित्रता र प्रेम पनि बढाउने खेलको रुपमा पनि लिने गरिन्छ ।

    सानो स्थानमा पनि खेल्न सकिने, नेपालको जस्तो भौगोलिक अवस्थामा जताततै खेल्न सकिने र थोरै बजेटमा सम्पन्न हुने तथा सबै नेपालीको पहुँचमा पुग्न सक्ने भएकाले भलिबल पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको छ । तर भलिवल खेलका लागि सरकारबाट आवश्यक वजेट विनियोजन भएको पाइदैन । जसले गर्दा अन्तर्राष्टिय स्तरमा भलिवलमा नेपालले उचाई लिन सकेको छैन ।

    भलिवलमा ठुलो संभावना बोकेको जिल्ला हो प्युठान, जुन जिल्लामा बेसिदेखि गाउँगाउँमा भलिवल खेल्ने गरिन्छ । अझ चार्डपर्वको बेलामा त दिनहुँ जसो नै प्रतियोगिता भई रहेका हुन्छन् । चाडपर्वको बेला रमाइलो र जमघटका लागि राखिने प्रतियोगिताले भलिवलको स्तर माथि उठ्न सकेको छैन ।

    २०६४ सालमा दा¨मा भएको पाचौँ राष्ट्रिय खेलकुदमा प्यूठानले भलिवलतर्फ उपाधि जित्न सफल भएको थियो । त्यसयता भने भलिवलमा खासै प्रगति गर्न सकेको छैन । राज्य तथा स्थानिय तहले खेल तथा खेलाडीहरुलाई लगानी गर्न नसक्दा स्तर माथि उठ्न नसकेको भलिवल खेलाडी रवि चन्द बताउनुहुन्छ । “भलिवल आयोजनाका लागि विदेशीयका नेपाली र स्थानिय बजारको सहयोगको भर पर्नुपर्ने हुन्छ । चाडपर्वको समयमा विदेशीयका पनि गाउँ फर्कन्छन् र स्थानिय वजार पनि नाफा मुलक हुन्छन् र सहयोग मिल्छ अनि प्रतियोगिता आयोजना गरिन्छ ।” प्यूठानमा भलिवलको संम्भावनालाई औल्याउदै चन्दले भन्नुभयो, “राज्य स्तरमा नियमित सहयोग भएको खण्डमा भलिवलमा १२ महिना सञ्चालन गर्न सकिन्छ ।”

    चाडपर्वको वेलामा हुने प्रतियोगिता रमाइलो र जमघटका लागि मात्र भएका पाइन्छन् । ति प्रतियोगिता दिर्घकालिन र व्यवसायिक बन्न सकेका छैनन् । खेलकुद नवुझका व्यक्तिले खेलकुदको नेतृत्व गर्दा प्यूठानमा भलिवल व्यवसायिक बन्न नसकेको हाम्रो खेलकुद डटकमका कार्यरत खेल पत्रकार भुपेन्द्र जि सीले बताउनुहुन्छ । “जिल्लामा मात्र खेलेर हुदैन जिल्लामा पनि स्तरीय खेलाडीहरु छन् तर वाहिर गएर खेल्न पाउदैनन् ।” उहाँले भन्नुभयो, “जिल्लामा भलिवल संघ भए मात्र पनि भलिवल खेलाडीहरुलाई धेरै राहत हुने थियो । सघंले आयोजना गर्ने प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने थिए ।” जिल्लामा प्रतियोगिता त हुन्छन् जुन रहर र जमघटका लागि हुन्छन् त्यसलाई व्यवसायिक भलिवल तिर लग्न सकेमा जिल्लाले छिट्टै फड्को मार्ने जि.सीको भनाई छ ।

    देश संघिय संरचनामा गएपछि धेरै जसो अधिकार स्थानिय तहले पाएका छन् । स्थानिय तहको सहयोग विना खेलाडीहरु माथी उठ्न सक्दैनन् । प्यूठानका स्थानिय सरकारले खेलकुदमा आफु अनुकुलको राजनिति गर्दा जिल्लाको खेलकुदको विकास हुन नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम थापाले बताउनुहुन्छ । “खेलकुद निश्चित व्यक्तिको झोलामा हुदा सर्वसाधारणको पहुँचमा पुगेको छैन ।” थापाले भन्नुभयो, “जवसम्म व्यक्तिको झोलाबाट बाहिर निकाल्न सकिदैन तवसम्म खेलकुदको विकास हुन सक्दैन ।”

    राष्ट्रका लागि मात्र नभई स्वास्थ्यका लागि पनि भलिवल आवश्यक भएकाले स्थानिय तहहरुले भलिवल खेलमा नीति तथा कार्यक्रम बनाएर अगाडी वढ्नुपर्छ ।

    (लेखक गण्डकी विश्वविद्यालयमा स्नातक खेलकुद व्यवस्थापन विषयमा अध्ययनरत हुनुहुन्छ ।)

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.