काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले मंगलबार प्रिअलटमेन्टको काम सकेपछि शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँट गर्ने भएको हो ।
कम्पनीले असोज १५ गते देखि १९ गते सम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको थियो ।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।







