• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बागलुङमा फस्टायो ड्रागन फ्रुटको व्यावसायिक खेती


  •    सुचना डबली डेस्क / २०७८, ४ कार्तिक बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ ।

    बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका छन् ।

    कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका छन् ।

    थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूल खेती सुरु गरेका छन् । उनले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र मकै उत्पादन हुने जग्गामा त्यसको बिरुवा रोपेका छन् ।

    बिरुवा हलहली बढ्दै गएपछि थापा उत्साहित छन् । बिरुवा रहर लाग्दो रुप हुर्किएपछि उनलाई काम गर्न थप ऊर्जासमेत मिलेको छ ।

    विदेशमा गर्ने दुःख गाउँमै गरेपनि राम्रो कमाइ गर्न सकिने भन्दै गाउँ आएर थापाले यो खेती सुरु गरेको बताउछन्। सुरुमा चितवनबाट एक हजार ५०० बिरुवा ल्याएर खेती सुरु गरेको उनको भनाइ छ ।

    नेपालमा व्यावसायिक रुपमा कृषि गर्न सके विदेश जान नपर्ने उनी बताउछन् । ‘सुरुमा लहलैमा लागेर विदेश गएँ, वास्तवमा विदेशमा गर्ने दुःख यहीँ गर्ने हो भने हामीले राम्रो कमाइ गर्न सकिन्छ’, थापाले भने, ‘गाउँमा आफ्नो जग्गा बाँझै राखेर विदेशी भूमिमा पसिना बगाउनु गलत रैछ, अहिले बल्ल चेत आयो, अब यहीँ व्यवसायी बन्ने लक्ष्य छ ।’

    थापाले विदेश जानुभन्दा अगाडि तीन वर्ष शिक्षण पेसा र सात वर्ष लघुवित्तमा समेत काम गरेका थिए । ‘आफ्नै देशमा केही गर्छु भन्ने सोच भएर नेपाल फर्किएँ तर यही गर्छु भन्ने मनमा थिएन्, नेपालमा केही नौलो गर्न मन लाग्यो, युटुयुबमा हेरे अहिलेसम्म नेपालमा सोचे जति ड्रागनको व्यावसायिक खेती भएको छैन र यस फलको बजारमा माग बढी रहेको थाहा पाएर आफ्नै गाउँमा खेती गर्न सुरु गरेको हुँ’, थापा भन्छन् ।

    थापाले कोरियामा चार वर्ष कमाएको पैसा यो खेतीमा लगानी गरेको बताउछन् । थापालाई उनकी श्रीमती गोरीको पनि साथ मिलेको छ । थापाले बारीमा लगाएका ड्रागन अहिले ५ महिनाका भए ।

    अबको १५ महिनापछि यी विरुवाले फल दिन सुरु गर्ने उनी बताउछन् । थापाले बिरुवा लगाउने समयमा माटोको परीक्षण गरेका थिए । यो खेती एक हजार ५०० उचाइभन्दा तल राम्रो हुने गर्दछ ।

    थापालाई यसको उत्पादन भएपछि बजारको अभाव नहुनेमा ढुक्क छन् । अहिले यसको बजार मूल्य प्रतिगोटा २०० देखि ३०० पर्ने थापाको भनाइ छ । यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्न नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाई दिए राम्रोसँग सर्ने थापा बताउछन् । थापाले आगामी दिनमा ड्रागनसँगै अकबरे खुर्सानी खेती गर्ने सोचमा छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.