काठमाडौँ । आज साताको दोस्रो दिन सोमबार सुनको मूल्य फेरि प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायि महासंघका अनुसार हिजो आइतबार प्रतितोला ९२ हजार एक सयमा कारोबार भएको सुन तीन सयले बढेर तोलाको ९२ हजार ४ सयमा कायम भएको हो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँमा पुगेको छ। आइतबार चाँदी तोलाको १२ सय ६० रुपैयाँ थियो ।







