• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाको पहिलो जित


  •    सुचना डबली डेस्क / २०७८, ९ कार्तिक मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । दक्षिण अफ्रीकाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।

    आज मंगलबार दुबईमा भएको सो खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो ।

    वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रीकाको जितमा एडिन मार्क्रमले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

    रस्सी भान डेर डुसेनले अविजित ४३ रन बनाए । रिजा हेन्ड्रिक्सले ३९ रन जोड्दा कप्तान टेम्बा बाभुमा २ रनमा आउट भए । वेस्ट इन्डिजकका अकिल होसेनले १ विकेट लिए ।

    यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

    वेस्ट इन्डिजका इभिन लेविसले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । केइरन पोलार्डले २६ रन जोड्दा लेन्डल सिमोन्सले १६ रन जोडे ।

    क्रिस गेल र निकोलस पुरनले १२/१२ रन बनाए । दक्षिण अफ्रीकाका ड्वाने प्रिटोरिउसले ३ विकेट लिए । केशव महाराजले २ विकेट लिए ।

    जितसँगै दक्षिण अफ्रीकाले २ खेलमा २ अंक जोडेको छ । साविक विजेता वेस्ट इन्डिजको यो लगातार दोस्रो हार हो ।

    पहिलो खेलमा दक्षिण अफ्रीका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजलाई इंग्ल्यान्डले ६ विकेटले हराएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.