• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

चाडपर्वमा पनि युवा विहिन छन् गाउँघर


  •    टु आर क्षेत्री  / २०७८, १० कार्तिक बुधबार प्रकाशीत

  • Advertisement

    प्यूठान चार्डपर्व मध्येको महान चार्ड दशै र तिहार, जुन चार्डको आफ्नै धार्मिक विश्वास होला तर नेपाली समाजमा यसलाइ परिवार तथा अन्य आफन्तसँग रमाइला भेटघाटको रुपमा प्रयोग गर्दै आएका छन् ।

    आफ्नै भुमिमा पर्याप्त रोजगार नहुदा धेरै नेपाली रोजगारका लागि विदेशिनु परेको छ । वर्षभरी विदेशमा गरेको कामको थकानलाइ मेट्न दशैँ आगमनसँगै विदेशियका युवा स्वदेश भित्रने गर्दछन् । हो त्यहि मध्येको एक हो प्यूठान जिल्ला प्यूठान नगरपालिका वडा नं २ आरनेटा, जहाँका अधिकांश युवा रोजगारका लागि भारत तथा तेस्रो मुलुक गएका छन् । यस्तै सोहि वडाका मसेरी, ढाडा, रिचि, आरधारा, कट्टेपखरा, सासखर्कका धेरै जसो युवाहरु पनि विदेशियका छन् । गरिवी, अशिक्षा, स्थानिय स्तरमा रोजगारको अवसर नपाउदा विदेशिनु परेको हो । गरिवीका कारण विचमै पढाइ छाडेर विदेशीय क्रममा कमि आउन सकेको छैन ।

    केहि वर्ष अघिसम्म दशैँको आगमनसँग रोजगारका लागि विदेशियका युवाहरु गाउँघरमा फर्कन्थे । अन्य समयमा खालि हुने गाउँघरमा दशैँ तिहारको वेला भरिभराउ हुन्थ्यो । तर यस पटक भने केहि फरक पाइएको छ । चार्डपर्वको वेला भरिभराउ हुने गाउँ खाली छन् अर्थात युवा विहिन छन् । विश्वभर फैलिएको कोरोना भाइरस र त्यसपछि प्रभावले चाडपर्वमा पनि गाउँघर युवाविहिन भएका हुन् । कोरोना र त्यसपछिको प्रभावले दशैतिहारमा पनि घर नआएको रोजगारका लागि भारत पुगेका प्यूठान नगरपालिका २ आरनेटाका अर्जुन वि.कले बताए । ‘दशैँमा घर आउने भनेको थिए । कोरोनाका कारण विचमा केहि समय रोजगार विहिन हुनुपर्यो ।’ उनले भने, ‘अहिले दशैँ आउने वेला कोरोना कम हुदै गयो, रोजगार मिल्यो र घर आउन पाइएन ।’ आर्थिक अवस्था कमजोर तथा योग्य व्यक्तिलाई जागिर नमिल्दा रोजगारका लागि विदेशिनु परेको नेकपा एमाले प्यूठान नगरपालिका २ वडा कमिटी उपसचिव रुन्द्र वहादुर खड्काले बताए ।

    ‘सरकारवाट युवा केन्द्रित निति तथा कार्यक्रम आउन सकेका छैनन् ।’ उनले भने ‘सरकारले युवाहरुको सिप र क्षमतालाई ख्याल गर्दै स्थानिय स्तरमै रोजगारको अवसर सिर्जना गर्नु आवश्यक छ ।’युवाहरुका लागि केहि समयका लागि मात्र नभई दिगो रुपमा रोजगार सिर्जना गर्न सके युवाहरुमा स्वदेशमै राख्न सकिने खड्काको जोड थियो ।

    देशमा अन्योल वातावरण सिर्जना भइरहेको अवस्थाले गर्दा युवा विदेशिनु परेको हो । युवाहरुलाई स्वदेशमै राख्न राज्यले विकासका लागि योजना वनाई मुलप्रवाहमा युवाहरुलाई समेट्नु आवश्यक छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.