• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस


  •    सुचना डबली डेस्क / २०७८, ११ कार्तिक बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ ।

    एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन गर्न सकेको छैन ।

    एमाले जिल्ला अध्यक्ष वचन देउजाले भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा बुधबार बन्द सत्र सुरु हुन नसकेको जानकारी दिँदै आजदेखि बन्द सत्र सुरु गरिने बताए । चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा बिहानैदेखि बन्द सत्र सुरु गरेर नयाँ नेतृत्वमा सहमतिको प्रयास जारी रहेको उनले जानकारी दिए । उनले सकेसम्म चुनाव नगर्ने र सबैको सहमतिमा सर्वसम्मति नेतृत्व चयन गर्ने प्रयास भइरहेको जनाउँदै सहमति हुन नसके प्रजातान्त्रिक पद्धतिबाट निर्वाचनबाट नेतृत्व चयन गरिने बताए ।

    एमाले चाँगुनारायण नगर कमिटीमा बन्द सत्र सुरु भएपछि नगर प्रमुख सोम मिश्रदेखि अधिकांश जनप्रतिनिधि, पार्टी अध्यक्ष देउजालगायत नेताले बुधबारसम्म पनि सहमतिको प्रयास गरेको तर सहमति हुन नसकेको प्रतिनिधिले जानकारी दिएका छन् ।

    यता सूर्यविनायक नगर कमिटीको बन्द सत्रमा पनि साँझ ६ बजेसम्म सहमतिको प्रयास जारी राखे पनि सहमति हुन नसकेको प्रतिनिधिले बताएका छन् । सबै वडाबाट २७५ प्रतिनिधि छनोट भएर आएकामा नगर अधिवेशनका ७५ सिटका लागि सबैले उम्मेदवारी फाराम भरेपछि थप समस्या भएको जनाइएको छ ।

    चारवटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेता महेश बस्नेत, सोम मिश्र, जिल्ला अध्यक्ष देउजा, नेता वासुदेव थापा, मदनसुन्दर श्रेष्ठलगायत लागिपरेका छन् । एमालेको नयाँ विधानअनुसार नगर कमिटी ७५ सदस्यीय हुनेछ । त्यसमा पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव चयन हुनेछन् । सोमा ३३ प्रतिशत महिला अनिवार्य रहनुपर्ने र पदाधिकारीमा एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

    #रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.