काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ४ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको
छपावाला सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कायम भएको हो ।
त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ७८ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी बिहीबार प्रतितोला १२५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आज १०६७ मा कारोबार भइरहेको छ ।







