• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

५० वर्षमा पनि भएन कालोपत्रे, सडकको स्तर झनै खस्किदो


  •    टु आर क्षेत्री / २०७८, १६ कार्तिक मंगलवार प्रकाशीत

  • Advertisement

    प्यूठान। प्यूठानको दाखाक्वाडि– वर्जिवाङ्ग्–भिंगृ सडक ट्र्याक खुलेको ५० वर्ष पूरा भए पनि कालोपत्रे भने हुन सकेकोे छैन ।

    सडकको स्तरोन्नति र कालोपत्रका लागि डेढ वर्षअघि ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको भए पनि ठेकेदार कम्पनीको लापर्बाही र अनुगमनकारी निकायको बेवास्ताका कारण सडक झनै जोखिमपूर्ण बनेको छ । वि.सं. २०२८ मा ट्र्याक खुलेको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि सडक पुर्वाधार विकास कार्यालय रोल्पाले २०७७ जेष्ठ २७ गते उक्त सडकखण्डको ५ किलोमिटर सडक कालोपत्र गर्न गौँरा वंगलामुखी जेभिलाई ११ करोड ५६ लाख ८६ हजार १३ रुपैयाँमा २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । प्रदेश गौरवको योजना जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग अन्तर्गत सो सडक कालोपत्रेका लागि लुम्विनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्यास गरेका थिए ।

    “सडक कालोपत्रको काम सुरु गरेको डेढ वर्ष बित्यो, सडक स्तरोन्नतिको काम पनि सकिएको छैन । करिव ३ महिनादेखि काम हुन सकेको छैन ।” स्थानिय प्रदिप जि.सीले भने, “सडकको अवस्था झनै बिग्रदै गएको छ, अव सम्झौताको वाकि समयमा कालोपत्रे सम्पन्न हुने संभावना देखिदैन ।”सडक साँघुरो, खाल्डाखुल्डी र मोडहरु अत्याधिक भएको सडकमा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । “मुख्य सडक अवरुद्ध छ । वैकल्पिक सडकको माध्यमबाट यात्रा गर्नुपर्ने हुन्छ ।” एक सवारी चालकले भने, “सडकको अवस्थाले सास्ती खेप्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोको हैरान हुने गर्छ । हिउँदमा धुलो उडेर, बर्खामा हिलो जमेर आवतजावत गर्न गाह्रो हुन्छ ।”

    गएको ३ महिनादेखि ठेग्दार वडाको सम्पर्कमा नरहेको प्यूठान नगरपालिका वडा नं २ का वडा अध्यक्ष मुक्ति पोख्रेलले बताए । “मैले धेरै सम्पर्कमा लिने कोशिस गरे तर सकिन ।”  उनले भने, “अहिले जिल्ला प्रशासनलाई जानकारी गराएको छु ।”  यसबारे जानकारी आएकोले छिट्टै दुवै पक्षलाई छलफल गराई रोकिएको कार्य सुरु गर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

    उता सडक डिभिजन कार्यालय रोल्पाले भने ठेग्दार सम्पर्कमा नै रहेको र तिहार लगत्तै काम सुरु हुने जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.