काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज बजारमा सुनको मूल्य ५०० रुपैयाँ घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ थियो ।
सुनसँग आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । तोलामा २५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको महासंघले बताएको जनाएको छ ।







