काठमाडौँ । प्यूठानमा दीपावली (तिहार)को अवसरमा खेलिने देउसी-भैलो लगाएतका जमघटका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।
नेपालीहरूको दोस्रो महान चाड दीपावली(तिहार)को अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।
प्रशासनका अनुसार कोरोना जोखिमलाई मध्यनजर गर्दै भिडभाडलाई नियन्त्रण गरि कोरोना जोखिम कम गर्न र चाडपर्वलाई मर्यादित बनाउन यसअघि सिसिएमसीले निर्धारण गरेको निषेधाज्ञाको नियमलाई निरन्तरता दिइने भएको हो ।








