• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

दोस्रो सोसियल मिडिया फिल्म अवार्डस् आयोजना हुँदै


  •    सुचना डबली डेस्क / २०७८, १७ कार्तिक बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । चलचित्र, वृत्तचित्र, विज्ञापन, समाचारमूलक भिडियो तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई मध्यनजर राख्दै ‘सोसियल मिडिया फिल्म अवार्डस्-२०७८’ आयोजना हुने भएको छ ।

    ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रालिले आयोजना गर्न लागेको ‘सोसियल मिडिया फिल्म अवार्डस्-२०७८’ यो दोस्रो संस्करणमा यसपटक लिडिङ वोमन एसोसियसनले सहकार्य गर्ने भएको छ ।

    यसअघि २०७५ सालमा ‘सोसियल मिडिया फिल्म अवार्डस् भव्यताकासाथ सम्पन्न भएको थियो । अवार्डस्को दोस्रो संस्करणमा सहभागिताको लागि दरखास्त आह्वान गरिएको र यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि २०७८ कार्तिक १६ गते देखि फारम खुला गरिएका सोसियल मिडिया फिल्म अवार्डस्की अध्यक्ष जानकी प्रधानले बताईन् । अध्यक्ष प्रधानका अनुसार मुलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरकधारको यो अवार्ड गर्न लागिएको उनको भनाई छ ।

    ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रा.लि. की अध्यक्ष तथा आयोजक समितिकी कार्यकारी अध्यक्ष शवनम मुखियाले अवार्डमा ‘सर्ट फिल्म’अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, ‘वृत्तचित्र’ चुनौतीपूर्ण समाचारमुलक भिडियो ‘जनचेतना मुलुक विज्ञापन’ अन्तर्गत पिएसए विधामा पनि प्रतिष्पर्धा हुने बताईन् ।
    पहिलो महिला छायाँकारसमेत रहेकी मुखियाले ‘सोसियल मिडिया’अन्तर्गत फेसबुक, इन्टाग्राम, ट्विटर, युट्युव, भ्लगमा समावेश गरिएको जनचेतनामूलक र सकारात्मक सन्देश दिने खालका विषयवस्तु समेटिएको भिडियोलाई प्राथमिकता दिईने जानकारी दिईन् ।

    कार्यक्रम संयोजक सन्तोषी अधिकारीका अनुसार फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामुलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको मनोनयन सार्वजनिकसँगै ‘सोसियल मिडिया फिल्म अवार्ड’ प्रदान गरिनेछ ।

    संयोजक अधिकारीका अनुसार यसपटक सञ्चारको क्षेत्रमा, उद्योगको क्षेत्रमा र कलाकारीताका क्षेत्रका साथै समाजिक क्षेत्रमा रही राष्ट्रको निम्ति योगदान दिने विशिष्ट व्यक्तिलाई सम्मान पनि गरिने छ ।

    फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामुलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको एक कार्यक्रम आयोजना गरि मनोनयन सार्वजनिक गरिने आयोजकले बताएको छ । मनोनयमा परेका मध्येबाट उत्कृष्ट छानेर विशेष समारोहमार्फत् ‘सोसियल मिडिया फिल्म अवार्डस्’ प्रदान गरिने संयोजक अधिकारीले बताईन् ।

    सहभागीताका लागि सहभागिले अपनाउनुपर्ने नियम र विषयवस्तुबारे ‘सोसियल मिडिया फिल्म अवार्डस्’ को फोसबुक पेजमार्फत् जानकारी पनि राखिएको उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.