• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

इङ्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश


  •    सुचना डबली डेस्क / २०७८, २५ कार्तिक बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

    बुधबार अबुधाबीमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो ।

    १ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा डेरिल मिसेलले अविजित रहदै सर्वाधिक ७३ रनको योगदान गरे ।

    डेभोन कानवेले ४६, जेम्स निसामले २७ रन बनाए । अन्यको प्रर्दशन खासै उल्लेख्य रहेन । इङ्ल्याण्डका क्रिस वाक्स र लाम लिभिङस्टोनले समान २ तथा आदिल रासिदले १ विकेट हात पारे ।

    यसअघि, दुबईको अबुधाबीमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको इङ्ल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

    इङ्ल्याण्डका लागि मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ रन जोडे । ३७ बलको सामाना गरेका उनले ३ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् ।

    यस्तै, डेविड मलानाले ४१, जोनी बेयरस्टो १३ र जोस बटलरले २९ र लियाम लिभिङस्टोन १७ रन जोडे । इयान मोर्गान ४ रनमा अविजित रहे ।

    न्युजिल्याण्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले समान १–१ विकेट लिए ।

    उपाधिका लागि न्युजिल्याण्डले अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्नेछ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.