• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

राष्ट्रिय जनगणना आजबाट सुरुः गणकमा ५० प्रतिशत महिला


  •    सुचना डबली डेस्क / २०७८, २५ कार्तिक बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । मुलुकभरि बिहीबार (आज)देखि राष्ट्रिय जनगणना सुरु हुँदैछ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ।

    केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो।

    ‘अहिलेको जनगणनामा सहभागी भएनौं भने हामी राष्ट्रिय तथ्यांकमा छुट्छौं’,विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले भने।कोही पनि नागरिक जनगणनामा नछुटून् भन्नेतर्फ विभाग सचेत रहेको उनले बताए।जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको विवरण लिएर जनगणना उट्घाटन गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ। जनगणना सुरु भएकै दिन उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको विवरण संकलन गर्ने कार्यक्रम छ।

    मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि सबै तयारी पूरा भइसकेको विभागले जनाएको छ। विभागका अनुसार जनगणना सफल पार्न देशभरि ४४ हजार गणक र ८५ हजार सुपरीवेक्षक खटाइएको छ। सातवटै प्रदेश र ७७ वटै जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ।

    यस्तै धेरै जनसंख्या भएका जिल्लामा एकभन्दा बढी जनगणना कार्यालय खोलिएको छ भने काठमाडौं जिल्लामा ५ वटा जनगणना कार्यालय स्थापना गरिएको छ। ललितपुर,रुपन्देही,सुनसरी,मोरङ,झापा र कैलालीमा जनगणनाका लागि दुईवटा कार्यालय स्थापना गरिएको छ। त्यसैगरी स्थानीय तहमा पनि जनगणना कार्र्यालय स्थापना गरिएको छ।

    केन्द्रदेखि स्थानीय तहसम्म जनगणना सहजीकरणका लागि जनगणना समन्वय तथा सहजीकरण समन्वय समिति गठन गरिएको छ।केन्द्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा जनगणना निर्देशन समिति,प्रदेशस्तरमा प्रमुख सचिवको अध्यक्षतामा,जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा र स्थानीय तहमा पालिका प्रमुखको अध्यक्षतामा जनगणना समिति गठन गरिएको छ।

    यसपटक जनगणनामा बेरोजगार युवालाई तालिम दिई परिचालन गरिएको छ। यसअघि शिक्षकलाई मात्र गणकको रुपमा खटाउने गरिएकोमा यसपटक बेरोजगार तथा १२ कक्षा उत्तीर्ण गरेका युवालाई तालिम दिएर खटाइएको विभागका महानिर्देशक श्रेष्ठले बताए। विभागका अनुसार ४४ हजार गणकमा ५० प्रतिशत महिला छन्। #नागरिक दैनिक

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.