काठमाडौँ । नायक पल शाह र नायिका पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ माघको १९ गतेबाट हलमा प्रदर्शन हुने भएको छ ।
निर्देशक तथा निर्माता सुदर्शन थापाले फिल्मको नयाँ पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।
उक्त चलचित्रको निर्माता सुदर्शन थापा र नायिका पूजा शर्मा हुन् भने सह-निर्माता जन्म जय सम्पाङ राई छन् ।
चलचित्रमा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको मुख्य भूमिका छ ।
छायाँकन सौरभ लामा र कोरियोग्राफी रामजी लामिछानेको गरेका छन् । शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको फिल्ममा सुदर्शन थापाको कथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।








