काठमाडौँ । कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छन् ।
प्रहरीका अनुसार डडेल्धुरा घर भई अत्तरिया भाडामा बस्दै आएकी २७ वर्षीया कल्पना भट्ट गएराति आफ्नै कोठाको पङ्खामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







