काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आइपिओ ल्याउने प्रस्ताव पारित गरेको हो ।
बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो ।
यससँगै, लगानीकर्ताले अर्को ठूलो आइपिओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आइपिओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन ।







