• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्छ: महासचिव पोखरेल


  •    सुचना डबली डेस्क / २०७८, ३० कार्तिक मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने बताएका छन् ।

    टोखा नगरपालिकाले आज आयोजना गरेको ‘नगर स्मारिका विमोचन, सहयोगीदातालाई सम्मान कार्यक्रम एवं सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उनले मुलुकमा राजनीतिक मुद्दा सकिएकाले अब देशलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् । “जनतालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउनुपर्छ, स्थानीय सरकारले आफ्ना नागरिकलाई रोजगारी दिने वातावरण निर्माण गर्नुपर्छ”, उनले भने ।

    सार्वजनिक सुनुवाइमार्फत जनताको अदालतको कठघरामा जनप्रतिनिधिलाई उभ्याएकोमा उनले टोखा नगरपालिकालाई धन्यवाद दिए । वर्तमान गठबन्धनको सरकारले विकास निर्माणको कामलाई अगाडि बढाउन नचाहेको महासचिव पोखरेलले आरोप लगाए । अघिल्लो सरकारले एक हजार ४०० सडक निर्माण र ३०० अस्पताल निर्माण कार्य अघि बढाएको उनको भनाइ थियो । स्थानीय सरकारले निर्वाचनको समयमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने नेता पोखरेलले बताए ।

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको विकासमा जनप्रतिनिधिमात्र नभएर स्थानीयवासीको समेत महत्वपूर्ण भूमिका रहेको बताए । संविधानले कल्पना गरेअनुसार बनेको स्थानीय सरकारले जनताको इच्छा र आकाङ्क्षाअनुसार काम गरेको उहाँको भनाइ थियो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाको विकास र समृद्धिका लागि जनप्रतिनिधि अहोरात्र खटेको बताए । कार्यक्रममा टोखा नगरपालिकाको सम्पूर्ण विवरण समेटिएको ‘हिजो, आज र भोलि’ वृत्तचित्र प्रस्तुत गरिनुका साथै नगरपालिकाको बारेमा निर्माण गरिएको ‘नगर स्मारिका’ विमोचन गरिएको थियो ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य राधा ज्ञवाली, बागमती प्रदेशसभा सदस्य दीपक निरौला, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरालगायत सहभागी थिए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.