काठमाडौँ । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
जिल्लाको माडी गाउँपालिका- २ मा आज बिहीबार बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
दुर्घटनामा तीन जना पुरुष र एक महिला गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार मृत्युु हुनेहरूको पहिचान भने खुलिसकेको छैन भने घाइते ६ जनाको सुनिल स्मृति अस्पताल घर्ती गाउँमा उपचार भइरहेको छ ।
दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे सडकबाट माडी खोलामा खसेको हो ।
प्रहरी जाँचमा बसमा १० जना भएको पाइए पनि बाटोमा थप मानिस पनि चढाएको हुन सक्ने कार्यालयले जनाएको छ ।







