काठमाडौँ । गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले इन्गेजमेन्ट गरेकी छन् ।
उनले आज आफ्नो गृह जिल्ला झापामा प्रेमी निर्माण सिटौलासँग इन्गेजमेन्ट गरेकी हुन् । झापाको चारपाने घर भएका निर्माण लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।
नेपाली सुगम संगीतसँगै पार्श्व संगीतमा समेत चलेकी गायिका प्रविशाले यहीँ मंसीर ५ गते विवाह गर्दैछिन् ।







