काठमाडौँ । निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक भएको छ ।
शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको थियो । सो चलचित्र आगामी पुस २ गतेबाट प्रदर्शनमा आउँदैछ ।
अर्जुन कुमारको निर्माण रहेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।
डिपी खनालको शब्द रचना, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व निर्देशक, उत्तम न्यौपानेको साउन्ड डिजाइन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।







