• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

लुम्बिनी विकास मञ्चले गर्यो न्यानो माया बितरण


  •     / २०७६, १६ पुष बुधबार प्रकाशीत

  • Advertisement

    पौष १६रुपन्देही तराईका जिल्लाहरुमा शीतलहर तथा बाक्लो हुस्सुका करण जनजिवन प्रभवित भएको छ । चिसो बढे संगै अहिले जनजिवन प्रभावित भएको छ । सोही कुरालाई मध्यनजर गर्दै अति गरिव जाडोबाट प्रभावित भएकाहरुलाई लुम्बिनी विकास मञ्च रुपन्देहीले आज एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरेको छ । सितलहर तथा चिसोबाट गरिव परिवारका ब्यक्तिहरुलाई जोगाउनका लागि जिल्लाको लुम्बिनी संस्कृतिक नगरपालिका र गैडहवा गाँउपालिकामा रहेका अति गरिव विपन्न परिवारहरुहरुलार्ई न्यानो कपडा स्वेटर, पन्जा, टोपी, ब्ल्यांकेट लगाएतका न्यानो कपडा वितरण गरिएको लुम्विनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले बताउनु भयो । जाडोमा बृद्धबृद्धा र बालबालिकाहरु बढि प्रभावित हुने हुंदा उनिहरुलाई न्यानो कपडा वितरण गरिएको उहाँको भनाई छ । गरिव परिवारका र बालबालिका तथा वृद्धवृद्धहरुलाई न्यानो कपडा वितरण गरिएको उहाँले बताउनु भयो । “उहाँले भन्नु भयो हामीले यो अभियान सुरु गरेका हौं, यस अभियानमा हामीलाई विभिन्न संघ–संस्था, विभिन्न ब्यक्तिहरुबाट सहयोग र हौसला मिलेको छ ।

    धेरै थोरै तर सबैले सहयोग गर्नु भयो सबै सहयोगी मन्हरुलाई धन्यबाद । ” रुपन्देही जिल्लाको गैडहवा गाउपालिका, र लुम्बिनी संस्कृतिक नगरपालिकामा परिवारलाई कम्बल, ज्याकेट, स्विटर, पाइन्ट टोपि, टाउजर,मोजा लायत न्यानो कपडा, एक हजार एक सय पिस वितरण गरिएको संस्थाका सचिव सुवास पुनले बताउनु भयो । यो अभियानले उनिहरुलाई जाडो छल्न सहज हुने उहाँको भनाई छ । न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि रहनु भएका राष्ट्रिय सभाका प्रमुख सचेतक नेकपाका खिमलाल भट्टराईले न्यानोको अभावमा कोही मर्न नपरोस भन्दै लुम्बिनी बिकास मंचले गरेको अभियानमा आफ्नो सहयोग रहेको बताउनु भयो । यस खालको अभियानले गरिव परिवारहरुलाई हौसला मिलेको बताउदै अगामी दिनहरुमा पनि आफ्नो पुर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

    राज्यले गरिव विपन्न परिवारका लागि विभिन्न कार्यक्रमहरु लयाएको कुरा उल्लेख गर्दै यस क्षेत्रको विकासको जिम्ममा आफ्नो भएको र योजना वद्ध तरिकाले ति क्षेत्रहरुको क्रमशः विकास गरिने कुरा बताउनु भयो । उहाँले भन्नु भयो देशमा छिटै सुकुम्बासी समस्या समाधन हुने छ । प्रदेश ५ का संसद तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले गरिव विपन्न परिवारका लागि विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले बनाएको बताउनु भयो । चुनावी नारा बनेका कुराहरु विस्तारै यस सरकारले पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो । “आफ्नो घरमा भएको प्रयोगमा नआएका कपडा खेर नफालौं, न्यानोको अभावमा कोहि मर्न नपरोस् । ” भन्ने नारा सहिते संस्थाले न्यानो कपडा संकलन कार्यलाई तिब्र परेको थियो । संकलन भएको कपडा निशुल्क रुपमा अनाथ, अति गरिव विपन्न परिवार, बृद्धबृद्धा, बालबालिकाहरुलाई वितरण गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.