काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका- ३ घर भई कलंकी बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन् ।
मोटरसाइक दुर्घटनापछि गम्भीर घाइते भएका मिलनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बिहीबार राति साढे एक बजे सूर्यविनायक नगरपालिका-६ स्थित अरनिको राजमार्गमा जगाती बाट सूर्यविनायक जाँदै गरेको बाग्मती प्रदेश ०२-०३० प ०१६८ नं को मोटरसाइकलले प्रदेश नं. ३-०१-००३ क. ७८५१ नं. को टिपरलाई ओभरटेक गर्ने क्रममा सडक डिभाडरमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।







