काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित निकालेको छ ।
गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ४-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको ३९ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
७३ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको अग्रता ३-० को बनाए । त्यसपछि खेलको ७७ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए ।







