काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौँमा आइतबार(आज) पत्रकार सम्मेलन गरेर रावलले चितवनमा यहीँ १० गतेदेखि हुने १०औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आफूले पार्टीको केन्द्रीय कार्यालय बबरमहलबाट उम्मेदवारी दिने योजना बनाए पनि महासचिव ईश्वर पोखरेलले महाधिवेशनकाे कामका लागि त्यहाँ कुनै कक्ष खाली नरहेको जानकारी गराएपछि आफूले रिपोर्टर्स क्लबबाट उम्मेदवारी घोषणा गरेको रावलको भनाइ रहेको छ ।







