काठमाडौँ । गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले विवाह गरेकी छन् ।
उनले निर्माण सिटौलासँग आज (आइतबार) लगनगाँठो कसेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह झापा चारपानेस्थित अधिकारीकै निवासमा चलिरहेको छ ।
निर्माणसँग प्रविशाले मागी विवाह गर्न लागेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । दुवै परिवारको सहमतिमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले केही अगाडि उनले बताएकी थिइन् ।







