काठमाडौँ । नेपाल पत्रकार महासंघले राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका पत्रकारको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।
आइतबार विज्ञप्तिमार्फत महासंघमा आबद्ध पत्रकारहरूले विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी नै नेपाली कांग्रेसको संघीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी छन् । यस्तै महासंघमा आबद्ध अन्य पत्रकारहरु पनि विभिन्न राजनीतिक दलको उम्मेदवार र प्रतिनिधि बनेपछि विरोध भइरहेको छ ।








