काठमाडौँ । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
गएराति भएको खेलमा इन्टरले शीर्ष स्थानको नापोलीलाई ३-२ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर इन्टरले जित निकालेको हो ।
खेलको १७ औं मिनेटमा पिओटर जेलिनिस्कीले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा हाकन काल्हानग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ४४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै इन्टरलाई २-१ को अग्रता दिलाए । ६१ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा मेर्टेन्सले गोल गरेपनि नापोली ३-२ ले पराजित भयो । इन्टरसँग पराजित भएपनि नापोली शीर्ष स्थानमा रहेको छ ।
नापोलीले १३ खेलमा ३२ अंक जोडेको छ । इन्टर २५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।







